०८ असार २०८३, सोमबार

नयाँ शक्तिका कार्यकर्ता र प्रहरीबीच झडप, बाबुराम भट्टराई पक्राउ

कात्तिक २०, २०७४
नयाँ शक्तिका कार्यकर्ता र प्रहरीबीच झडप, बाबुराम भट्टराई पक्राउ

काठमाडौं, २० चैत  - निर्वाचन अायाेग घेर्न गएका नयाँ शक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको सुरक्षा घेरा तोडेका नयाँ शक्तिका कार्यकर्ताहरु माथि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा केही नेता कार्यकर्ता सामान्य घाइते भएका छन् भने दुई दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन् ।

अहिले निर्वाचन आयोग अगाडी कान्तिपथ क्षेत्रको वातावरण  सामान्य नै रहेको प्रहरीले जनाएको छ ।

दलिय चुनाव चिन्ह माग्दै भट्टराई निर्वाचन आयोग घेर्न गएका थिए । यस्तै बैद्य माओबादीका नेता सिपी गजुरेल पनि सोही समयमा गिरफ्तारीमा परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्