
काठमाडौं – पाकिस्तान र भारतको सीमाक्षेत्रमा मंगलवार बेलुका पौने ५ बजे ६.३ म्याग्निच्युडको भूकम्प गएको भारतको मौसम विभागले जनाएको छ ।
भूकम्पका कारण कुनै हताहती वा क्षति नभएको विभागले बताएको छ ।
भूकम्पको झड्का आठदेखि १० सेकेन्डसम्म रहेको अनि भारतको पञ्जाब, हरियाणा तथा दिल्ली अनि पाकिस्तानको इस्लामाबाद, पेशावर र रावलपिण्डीमा महसूस गरिएको बताइएको छ ।
भूकम्प आएपछि मानिसहरू घरबाट बाहिर निस्केका थिए ।
सन् २००५ मा कश्मीरमा आएको ७.६ म्याग्च्यिुडको भूकम्पले निकै क्षति पुर्याएको थियो र अहिलेको भूकम्पले त्यसको स्मरण गरायो ।
पाकिस्तान अधीनस्थ कश्मीरको मिरपुरमा धेरै मानिस घाइते भएको र सडकहरूमा क्षति पुगेको पाकिस्तानको डन न्युजले लेखेको छ । उक्त क्षेत्रमा कैयौं पर्खाल ढलेको बताइएको छ ।
एजेन्सी