
आँखा शरीरको सबभन्दा महत्त्वपूर्ण, सुन्दर र संवेदनशील अंग हो । जाडोमा चिसोले गर्दा आँखाबाट पानी चुहिन्छ । आँखाबाट धेर पानी आउने, धमिलो देखिन थाल्ने, घोचेको जस्तो हुने, आँखा फुल्ने, रातो हुने लगायतका लक्षण देखिनसक्छन् ।
यसलाई समयमै उपचार गरिएन भने अन्धो हुन सकिन्छ । यो समस्याबाट मुक्ति पाउनका लागि चिकित्सकको सिफारिशमा औषधि लिनुका अलावा घरेलु उपाय पनि अपनाउन सकिन्छ ।
हर्बल टी
केमोमाइल वा पेपरमिन्ट चियाका पातहरू केही बेर पानीमा भिजाउनुस् । त्यसपछि तिनलाई अलिअलि गरी आँखा सेकाउनुस् । पानी धेरै तातो चाहिँ हुनुहुँदैन ।
नून
आँखा पोल्दा वा चिलाउँदा पनि पानी बग्न थाल्छ । एक गिलास तातो पानीमा अलिकति नून हालेर आँखा सेक्नुस् । दिनमा चारचोटि यसको उपयोग गर्दा चिलाउने र पोल्ने समस्या हट्छ ।
नरिवलको तेल
नरिवलको तेलमा भएका गुणले आँखाको फोहोर सफा गर्छन् । दिनदिनै आँखामुनि र वरिपरि नरिवलको तेलले मालिश गर्नुस् । समस्याबाट छुटकारा पाउनुहुनेछ ।
गिलो कपडा
आँखालाई हातबाट संक्रमणको खतरा बढ्छ । आँखा पोल्दा, पीडा हुँदा वा चिलाउँदा सफा पानीमा कपडा भिजाएर आँखा पखाल्नुस् । यसले सबै किसिमका रोगको जोखिम घटाउँछ ।
बेकिङ सोडा
सफा पानीमा एक चम्चा बेकिङ सोडा हालेर तताउनुस् । पानी अलिकति बाँकी रहँदा आँखा धुनुस् । आराम पाउनुहुनेछ ।
चिसो दूध
कपासको डल्लोलाई दूधमा चोपेर आँखावरिपरि रगड्नुस् । दिनभरि चिसो दूधमा कपासको डल्लो भिजाएर राख्नुस् अनि बेलुका आँखावरिपरि दल्नुस् ।
घिउकुमारी
घिउकुमारीको जेलमा एक चम्चा मह र आधी कप एल्डरबेरी चिया मिसाउनुस् । दिनको दुईचोटि यस मिश्रणले आँखा धुनुस् । तपाईंको समस्या केही समयमै हट्नेछ ।
काँचो आलु
काँचो आलुको पातलो स्लाइस बनाएर केही समय फ्रिजमा राख्नुस् । त्यसपछि यो चिसो स्लाइसलाई २० मिनेट आँखामाथि राख्नुस् । दुईतीन दिनसम्म यसो गर्दा यो समस्याबाट मुक्ति पाउनुहुनेछ ।
एजेन्सी