
सिमकोट– हुम्लामा नेपालगञ्ज र सुर्खेतबाट हवाई ढुवानी भएको अण्डाको मूल्य प्रतिगोटा ३० रुपैयाँ पर्ने गरेको छ ।
हवाईजहाजमार्फत ढुवानी गर्नुपरेकाले मूल्य महँगो भएको व्यापारीहरूको भनाई छ ।
सामान्यतया एउटा अण्डाको तौल ६० ग्राम हुने र त्यसको हवाई ढुवानी सात रुपैयाँ ५० पैसा पर्ने गरेको पानस सपिङ सेन्टरका सञ्चालक सरोज रावतले बताए ।
उनले बजारमा एउटा अण्डा ३० रुपैयाँमा बिक्री गर्ने गरिएको बताए ।
नेपालगञ्जमा १२ रुपैयाँ पर्ने अण्डाको हवाई भाडा साँढे सात रुपैयाँ पर्ने गर्छ । त्यो जोड्दा १९ रुपैयाँ मूल्य पर्ने हुन्छ तर उपभोक्ताले तीस रुपैयाँसम्म तीर्नु परेको स्थानीय लोगजन रोकायाले बताए । गोरखापत्रमा खबर छ ।