
काठमाडौं – नेपालकै सबैभन्दा ठूलो व्यावसायिक कम्पनी सिप्रदी ट्रेडिङ प्रालिद्वारा नेपाली बजारमा १ सय ३० वर्ष पुरानो इतिहास बोकेको फ्रान्सेली टायर कम्पनी मिसेलिन आधिकारिक रूपमा सार्वजनिक गरिएको छ ।
होटल अन्नपूर्णमा मंगलवार आयोजित एक विशेष कार्यक्रमबीच मिसेलीन टायर नेपाली बजारमा सार्वजनिक गरिएको हो ।
मिसेलिन टायर्सका महाप्रबन्धक प्रदीप थम्पी र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले संयुक्त रूपमा मिसेलिनका लोगो र उत्पादन सार्वजनिक गरे ।
सन् १८८९ मा स्थापना गरिएको मिसेलिनका टायर १ सय ७० देशमा उपलब्ध छन् । विश्वभर नै ६९ वटा उत्पादन केन्द्र छन् । नविनता तथा दीगो विकासको नेतृत्वकर्ता मिसेलिनको ३ वटा उत्पादन रेन्ज (कमर्सियल, प्यासेन्जर तथा टु–ह्वीलर सेग्मेण्ट) नेपाली बजारमा उपलब्ध छ ।
सिप्रदीले सन् २०१६ मा मिसेलिनलाई आफ्नो कम्पनी पोर्टफोलियोमा समावेश गरेको थियो । त्यसयता सडकको अवस्थाअनुसार ग्राहकका निश्चित आवश्यकता अनुसारका टायर आपूर्ति गर्न नेपाली सडकमा व्यापक र गहन अध्ययन गरिरहेको छ । अहिले अनुभव र ज्ञानको मिश्रण मिसेलिन टायरका साथमा उपभोक्ताले सुरक्षित र प्राविधिक अत्याधुनिक टायर अनुभव गर्न सक्छन् ।
कार्यक्रममा बोल्दै मिसेलिन टायर्सका महाप्रबन्धक प्रदीप थम्पीले भने, ‘सिप्रदीमार्फत् नेपाली बजारमा मिसेलिन टायरहरू सार्वजनिक गरेर नेपालमा आफ्नो बजारको विस्तार गर्न पाएर हामी एकदम खुशी छौं । मिसेलिनका उत्पादनहरूले एकदम राम्रो प्रतिक्रिया पाइरहेका छन् । त्यसैलै हामीले यहाँको लागि भनेर हाम्रो विज्ञ टोलीले गरेको विस्तृत अध्ययन पश्चात् ३ वटा फरक सेग्मेन्ट अन्तर्गत सार्वजनिक गरेका छौं । मिसेलिनका टायर टिकाउ हुनुका साथै मिसेलिनले हवाईजहाज, अटोमोबाइल्स, साइकल, अर्थमुभर, कृषि उत्पादनका लागि प्रयोग हुने गाडीहरू, हेभी ड्युटी ट्रक र मोटरसाइकलका जस्ता हरेकखाले यातायातका साधनहरूका लागि हुने टायरहरू डिजाइन गर्ने र उत्पादन तथा बिक्री गर्ने गर्छ ।’

मिसेलिनको आधिकारिक ब्रान्ड लोगोका साथै मिसेलिनका उत्पादन रेन्जहरू सार्वजनिक गर्दै सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘सबै सेग्मेन्टहरूमा ग्राहकहरूको पहिलो रोजाइ बन्ने हाम्रो लक्ष्यका साथमा विश्वकै अग्रणी टायर कम्पनी मिसेलिन टायर्ससँग आफ्नो साझेदारी बिस्तार गर्न पाउँदा हामी हर्षित भएका छौं । नेपालको सडकको अवस्था बुझ्न हामीले केही समय अध्ययन गर्यौं र ३ विभिन्न सेग्मेण्टहरू अन्तर्गत उत्पादनहरू पेश गर्न आज हामी यहाँ उपस्थित भएका छौं । हामी ढुक्क छौं कि हाम्रा ग्राहकहरूको सवारी साधनहरूको कार्यक्षमतामा सुधार आउनेछ र सहज हुनेछ ।’
एसयूभी र प्यासेन्जर भेइकलमा
केही वर्षदेखि यो सेग्मेण्ट अन्तर्गत नेपाली ग्राहकहरूको छनोट टिकाउ र माइलेजबाट सुरक्षा र आरामदायीतर्फ मोडिएको छ । यो परिवर्तन मिसेलिन टायरहरूका लागि एकदमै उपयुक्त रहेको जनाइएको छ । किनकि मिसेलिनका टायरहरू विश्वभर सुरक्षा, आरामदायी र सहजताका लागि प्रचलित छन् ।
टु ह्वीलर सेग्मेण्ट
टु ह्वीलर सेग्मेण्टमा पनि ग्राहकहरूको रोजाइ परिवर्तित हुँदैछ । अहिलेको समयमा ग्राहकहरूसँग औसतमा २५० सिसि इन्जिन क्षमता भएका बाइकहरू रहेका छन् । यो सेग्मेण्ट अन्तर्गतका बृहत् उत्पादनहरूले जस्तोसुकै बाटोमा पनि सुरक्षा र आरामदायी सुनिश्चित गर्दछ ।
सिभी सेग्मेण्ट
कमर्सियल सेग्मेण्ट अन्तर्गत मिसेलिनका टायरहरू क्षमता र टिकाउ हुनका लागि परिचित छन् । नेपालमा कार्यक्षमताको उच्च गुणस्तर सुनिश्चित गर्न सबैभन्दा खराब अवस्थाका सडकहरूमा परीक्षण गरिएको थियो । सबैभन्दा अत्याधुनिक सुविधाको टायर रिट्रिड सेन्टर बुटबलमा स्थापना गरिएको छ । बुटबलमा स्थापित सो रिट्रिड सेन्टर मिसेलिन स्टायन्डर्डअनुसार निर्माण गरिएको हो र मिसेलिन कम्पनीबाट सिधै सबै प्रोसेसिङ उपकरणहरू र कच्चा पदार्थ आयात गर्ने गरिन्छ । यसले जस्तोसुकै सडक अवस्थामा पनि टायरको लामो आयु र उच्च कार्यक्षमता प्रदान गर्दछ ।
मिसेलिनका उत्पादनहरू बजारमा सजिलै उपलब्ध होस् भन्नका लागि काठमाडौं र बुटवलमा एक्सक्लुसिभ शोरूमहरूसहित डिलरहरूको बलियो सञ्जाल विकसित गरिएको छ ।

सिप्रदीका बारेमा
देशकै ठूलो प्रतिष्ठित ब्राण्ड सिप्रदी टेड्रिङ्ग मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न रहेको छ । ३७ वर्षदेखि यो व्यवसायमा संलग्न सिप्रदीको वार्षिक आय ३३३ मिलियन अमेरिकी डलर भन्दा बढी छ ।
अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रूतगतिमा फस्टाइरहेको छ । करीब ७५० कर्मचारी र ६५० सपोर्ट स्टाफहरू एउटै साझा उद्देश्य अर्थात् गुणस्तरीय सेवा र उत्पादन प्रदान गर्नमा प्रतिबद्ध छन् । सन् १९८२ देखि टाटा मोटर्सको एक मात्र बिक्रेता भएको सिप्रदी टेड्रिङ आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो ।
सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण सञ्जाल रहेको छ । टाटा मोटर्सका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीरुको बिक्री वितरण गर्न सिप्रदीको नेपालभर ३० वटा बिक्री कार्यालयहरु र ५१ वटा सर्भिस सेन्टरहरू रहेका छन् ।
देशभर ३०० वटा स्पेयर आउटलेटहरू रहेका छन् । सिप्रदी एक्साइड ब्याट्रीज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायरको पनि वितरक हो । सिप्रदी ४ वर्षसम्म लगातार नेपालकै सबैभन्दा बढी कर तिर्ने ट्रेडिङ कम्पनी पनि हो ।