०६ असार २०८३, शनिबार

कोलम्बियामा पहिरो जाँदा २५४ को मृत्यु, उद्धारकार्य जारी

कात्तिक २०, २०७४
कोलम्बियामा पहिरो जाँदा २५४ को मृत्यु, उद्धारकार्य जारी

काठमाडौं, २० चैत — दक्षिण अमेरिकी मुलुक कोलम्बियामा भारी वर्षापछि गएको पहिरोमा पुरिएर कम्तीमा २५४ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । हराइरहेका हजारौंको खोजी कार्य जारी छ ।


करीब ११ सय सैनिक र प्रहरीहरू उद्धारकार्यमा लागेका छन् ।

देशको दक्षिण पश्चिम भाग मोकोआमा भारी वर्षा भएपछि आएको बाढीले हिलो र ढुंगा पनि सोहोरेर ल्यायो जसका कारण पूरै बस्ती पुरियो अनि स्थानीयहरू घरबाट भाग्न बाध्य भए ।

पुतुमायो प्रान्तमा कम्तीमा ४०० जना घाइते भएको र २०० जना अझै हराइरहेको सेनाले बतायो ।

कोलम्बिया रेडक्रसका स्वयंसेवकहरूले पनि २०० जनाभन्दा बढीको मृत्यु भएको जनायो ।

परिवारका सदस्यहरूलाई सम्पर्क गराउने कोशिश भइरहेको उसले बतायो ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्