२८ जेठ २०८३, बिहीबार

सुस्त मनस्थिति भएकी किशोरीको बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई जिउँदै जलाइयो

सुस्त मनस्थिति भएकी किशोरीको बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई जिउँदै जलाइयो

काठमाडौं – दक्षिण अफ्रिकाको लिमपोपोमा सुस्त मनस्थिति भएकी एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई भीडले जिउँदै आगो लगाएर मारेको छ । 

उक्त ३९ वर्षीय व्यक्तिको डढेको भौतिक अवशेष प्रहरीले फेला पारेको थियो । 

स्थानीय समुदायले उनीमाथि १७ वर्षीया किशोरीलाई दाउरा संकलन गर्ने क्रममा बलात्कार गरेको आरोप लगाएको सोवेतान लाइभले लेख्यो । 

प्रहरी प्रवक्ता मोत्शे न्गोएपेले उक्त किशोरी अन्य महिलाहरूसँग हुँदा ती पुरुषले आक्रमण गरेको बताए । 

उनले भने, ‘अन्य महिलाहरू भाग्न सफल भए अनि किशोरीलाई त्यहीँ छोडे । त्यसपछि ती व्यक्तिले उनलाई बलात्कार गरेको आरोप छ ।’

समुदायका मानिसले बलात्कारको बारेमा सुनेपछि यस विषयमा कुराकानी गरेको बताइएको छ । 

सोमवार उनीहरूले ती व्यक्तिलाई खोजेर विभिन्न वस्तुले आक्रमण गरेको अनि आगो लगाइदिएको अधिकारीहरूले बताए । 

प्रहरीले हत्याको मुद्दामा अनुसन्धान थालेर उक्त व्यक्तिको मृत्युका विषयमा कुनै पनि सूचना दिन अपील गरेको छ । 

अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन र कुनै पनि आरोपितको पहिचान पनि गरिएको छैन । 

लिम्पोपो प्रहरी कमिस्नर न्नेके लेदवाबाले भीडबाट हुने हिंसाको निन्दा गरे अनि समुदायका मानिसलाई कानूनको सम्मान गर्न आह्वान गरे । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्