३१ जेठ २०८३, आइतबार

यसरी बनाउनुस् हनी लेमन टी

असोज ८, २०७६
यसरी बनाउनुस् हनी लेमन टी

यो जाडोमा बिहानै तात्तातो चिया पिउन सबैलाई राम्रो लाग्छ तर दूधको चियाले स्वास्थ्यलाई हानि गर्छ । दूधको चियाको साटो तपाईं हनी लेमन टी पिउन सक्नुहुन्छ । 

स्वादिलो यस चिया पिउँदा तपाईं दिनभरि फ्रेश रहन सक्नुहुन्छ । घरैमा हनी लेमन टी बनाउने सजिलो रेसिपी यहाँ हामी बताउँछौं । 

सामग्री
पानी ६६० मिलिलिटर
चियापत्ती आधी चम्चा
कागतीको रस दुई चम्चा
मह एक चम्चा

विधि
सबभन्दा पहिला एउटा चियादानीमा पानी उमाल्नुस् र चियापत्ती हालेर अझै उमाल्नुस् । 

त्यसलाई एउटा भाँडोमा छान्नुस् । अनि त्यसमा कागतीको रस र मह हालेर मज्जाले मिसाउनुस् । 

हनी लेमन टी तयार भयो । पिउनुस् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्