०८ असार २०८३, सोमबार

प्रदेशलाई टेर्दैनन् स्थानीय सरकार

प्रदेशलाई टेर्दैनन् स्थानीय सरकार

मकवानपुर–नयाँ आर्थिक वर्षको तीन महिना बितिसक्यो ।

प्रदेश ३ का ४९ स्थानीय तहले अझै गत वर्षको राजस्व बाँडफाँडबापतको रकम प्रदेश सञ्चिति कोषमा जम्मा गरेका छैनन् ।

५२ वटाले मात्र राजस्व जम्मा गरेका छन् । १८ वटा तहले भने उक्त शीर्षकमा राजस्व नै संकलन नगरेको जानकारी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई गराएका छन् । 

प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷२०७६मा द्वन्दपीडितका लागि विनियोजन गरेको ३ करोड १० लाख रुपैयाँ बजेट फ्रिज भयो । ४५ वटा स्थानीय तहले मात्र उक्त बजेट लिए भने ७४ वटाले वास्तै गरेनन् ।

आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना र बारम्बार फोन गर्दा पनि बजेट नलगेको मन्त्रालयका अधिकृत पेशलकुमार पोखरेलले बताए ।

सामाजिक विकास मन्त्रालयले गत शनिवार बिहानदेखि कात्तिक मसान्तसम्मलाई डेंगुविरुद्ध अभियान चलाउन सबै स्थानीय तहलाई निर्देशन दिएको थियो । तर केही स्थानीय तहबाहेक अधिकांशले नटेरेको मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्