३० असार २०८३, मंगलबार

बोनस र हकप्रदबाटै पुँजी पुर्‍याउन बीमा कम्पनीलाई अवसर

बोनस र हकप्रदबाटै पुँजी पुर्‍याउन बीमा कम्पनीलाई अवसर

काठमाडौं–बीमा समितिले पुँजी पुर्‍याउन नसकेको भन्दै स्पष्टीकरण सोधेका बीमा कम्पनीहरूलाई बोनस सेयर र हकप्रदबाटै पुँजी पुर्‍याउने अवसर दिएको छ । 

कम्पनीहरूले समितिमा कार्य योजना अनुसार नै तोकिएको पुँजी पुर्‍याउनका लागि काम गरिरहेको स्पष्टीकरण पेस गरेका थिए ।

उक्त स्पष्टीकरणपछि कम्पनीहरूसँग छलफल गरेर प्रपितबद्धतासहित थप समय दिइएको समितिले जानकारी दिएको छ  । 

‘स्पष्टीकरण प्राप्त भएपछि कम्पनीहरूसँग छलफल ग¥यौं’, समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘बोनस तथा हकप्रदबाट पुँजी पुर्‍याउने क्रममा रहेकाले केही समय दिएका हौं ।’

समितिले हकप्रद शेयर जारी गर्ने प्रक्रियामा रहेका कम्पनीका संस्थापक, सञ्चालक र आधारभूत शेयरधनीले अग्रीम रूपमा (कल इन एड्भान्स)मा रकम जम्मा गर्न निर्देशन दिएको उनले बताए । काराेबार दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्