२३ असार २०८३, मंगलबार

एउटा नेताको फेर समाएर मात्र पार्टी बलियो हुँदैन : रामचन्द्र पौडेल

एउटा नेताको फेर समाएर मात्र पार्टी बलियो हुँदैन : रामचन्द्र पौडेल
फाइल फोटो

लमही–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कांग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।

 प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले विहिवार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

नेता पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले  अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने धारणा राखे।  'अब सबै नेता कार्यकर्ता पार्टीका हितमा लाग्नुपर्छ, नेतृत्व पनि कार्यकर्तामुखी हुनुपर्छ', पौडेलले भने। 

उनले कुनै एउटा नेताको फेर समाएर मात्र पार्टी बलियो नहुने भन्दै अब कांग्रेस कर्मशिल हुनुपर्ने बताए। 'यो महाधिवेशन पार्टीका लागि अग्नि परीक्षाको घडी हो कांग्रेसको भविष्य निर्धारण यसैले गर्नेछ यसमा सबैले बिवेक पुर्‍याउनुपर्छ', पौडेलले भने। 

नेता पौडेलले अहिलेको कम्युनिस्ट सरकारले केही चमत्कार गर्छकी भन्ने आशा जनताले र आफूहरुले लिए पनि त्यो आशा निराशामा परिवर्तन हुँदै गएको बताए। 'दुई तिहाइको सरकार अहिले अल्मलिएकोछ राष्ट्रको विकास र समृद्धिको यात्रा कांग्रेसले नै गर्छ,’ उनले भने।  

salt training

कमेन्ट गर्नुहोस्