
काठमाडौं, २० चैत - प्रहरीद्वारा पक्राउ परेका नयाँ शक्तिका सयोजक बाबुराम भट्टराई र बैद्य माओबादीका नेता सिपी गजुरेललाई भेट्न क्रान्तिकारी माओबादीका अध्यक्ष मोहन बैद्य किरण महेन्द्र पुलिस क्लवमा पुगेका छन्् । निर्वाचन आयोग घेर्न गएका भट्टराई र गजुरेल सहितका नेतालाई प्रहरीले पक्राउ गरेर मेहन्द्र पुलिस क्लवमा ल्याएको छ । दलिय चुनाव चिन्ह माग्दै उनीहरु निर्वाचन आयोग घेर्न गएका थिए ।