२९ जेठ २०८३, शुक्रबार

सरकार र मेडिकल कलेजबीच जुहारी

सरकार र मेडिकल कलेजबीच जुहारी

काठमाडौं–  निजी मेडिकल कलेजका सञ्चालकहरूले सरकारले निर्धारण गरेको शुल्कमा एमबीबीएसका विद्यार्थीलाई अध्ययन गराउन नसक्ने प्रष्ट पारेका छन् ।

सरकारले तोकेको मूल्यमा अध्ययन अध्यापन गराउन नसक्ने भन्दै उनीहरूले मन्त्रालयको नेतृत्वलाई नै चुनौती दिएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा निजी मेडिकल कलेजहरूको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका महासचिव डा. सुनिल शर्माले सरकारले तोकेको शुल्कमा पढाउन बाध्य पारिए सहन नसकिने चेतावनी दिए।

निजी क्षेत्रका मेडिकल कलेजले सरकारलाई साँचो बुझाइसकेको जानकारी दिँदै उनले सरकारले तोकेको शुल्कमा विद्यार्थी पढाउनै नसकिने धारणा व्यक्त गरे।

उनले शुल्कमा पुनरवलोकन नभएसम्म एमबीबीएस तथा बीडीएसमा भर्ना नलिने बताउनुभयो । सरकारले एमबीबीएसमा उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपियाँ शुल्क तोकेको छ ।

यस्तै बीडीएसमा १९ लाख ३२ हजार ६१२ रुपियाँ शुल्क तोकिएको छ । संस्थाका अध्यक्ष बसुरुद्दिन अन्सारीले पनि यथास्थितिमा भर्ना नलिने बताए। उनले मेडिकल कलेजको सिट घटेको कारण उक्त शुल्कमा अध्ययन गराउन नसकिने प्रष्ट्याए ।

यता विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफूले चिकित्सा शिक्षा ऐन लागू गर्न मात्र खोजेको बताए। ऐन आइसकेकाले त्यसलाई लागू गर्नु मेरो कर्तव्य भन्दै मन्त्री पोखरेलले थपे, 'ऐन कार्यान्वयनका क्रममा आउने बाधादेखि पछाडि हट्दिनँ ।' गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्