
काठमाडौं – क्रिस्टिन र माइकल बर्नेटले युक्रेनकी ६ वर्षीया बालिकालाई धर्मपुत्री बनाए । धर्मपुत्री बनाएपछि उनीहरूमाथि बालदुर्व्यवहार गरेको र बालिकालाई छोडेर विदेश गएको आरोप लाग्यो ।
धर्मपुत्री बनाइएकी नतालिया ग्रेस वास्तवमा २२ वर्षीया पो रहिछन् ।
क्रिस्टिन र माइकललाई प्रहरीले सोधपुछ गर्दा नतालियाले आफूहरूलाई ज्यान मार्ने धम्की दिएको बताए । परिवारका अनुसार, उनीहरूले नातालियालाई ग्रहण गर्दा उसको उमेरको बारेमा थाहा थिएन । एकदिन ऊ हिँड्दा पो उनीहरू छक्क परे । नातालिया सही तरिकाले हिँड्न सक्दिनथिइन् तर अनाथालयले यसको जानकारी दिएको थिएन । तर परिवारले उनलाई स्याहारसुसार गरेको थियो ।
एक दिन पूरा परिवार छुट्टी मनाउन समुद्री किनार गयो । त्यहाँ क्रिस्टिनले नातालिया बालिका नभई वयस्क युवती भएको थाहा पाइन् । अनि झूटको सिलसिला खुल्दै गयो ।
नतालिया परिवारका सदस्यमाथि आक्रमण गर्न थालिन् र मार्ने षड्यन्त्र गर्न थालिन् । हैरान भएर उनलाई अस्पताल लग्दा उनले आफू २२ वर्षकी युवती भएको स्वीकारिन् ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
एजेन्सी