
काठमाडौं – संघीयता खारेजीको मागसहित राष्ट्रिय जनमोर्चा पार्टी संघीयताको सबैभन्दा बढी वकालत गर्ने प्रदेश २ मा पुगेको छ ।
लामो समयदेखि संघीयताविरोधी अभियान सञ्चालन गर्दै आएको राष्ट्रिय जनमोर्चाले प्रदेश २ मा पुगेर जनसभा गरेको हो ।
बाराको सिमरामा शुक्रवार आयोजित प्रदेशस्तरीय जनसभालाई अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताले सम्बोधन गरेका छन् ।
कार्यक्रमस्थलमा 'गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षाको रक्षा गरौं, संघीयता खारेज गरौं !' भन्ने नारा लेखिएको ब्यानर टाँगिएको छ ।