२३ जेठ २०८३, शनिबार

अपराधमा युवती प्रयोग गरी ४० लाख माग्ने अभियुक्त पुर्पक्षका लागि थुनामा

अपराधमा युवती प्रयोग गरी ४० लाख माग्ने अभियुक्त पुर्पक्षका लागि थुनामा
प्रतिकात्मक तस्वीर

सुरुङ्गा – युवती प्रयोग गरी बिर्तामोडका व्यवसायीलाई ४० लाख रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका ४ व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

बिर्तामोड नगरपालिका–४ मा मोटरसाइकलको रिकन्डिसन हाउस सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम–१ घर भई हाल बिर्तामोड–२ चारपाने बस्ने रितु फियाक, भारतको दार्जि्लिङस्थित खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शंकर र बिर्तामोड–४ का २५ वर्षीय प्रकाश दासलाई शुक्रवार जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।

बिर्तामोडका एक व्यवसायीलाई युवती प्रयोग गरी अपहरण गरेको र नांगो भिडियो बनाएर ४० लाख रुपैयाँ फिरौती माग गरेको आरोपमा उनीहरूलाई प्रहरीले गत असार ३ गते पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्