
काठमाडौं – नेपाली कांग्रेसमा पार्टी एकीकरण गरेको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक समूहका १२ जना केन्द्रीय सदस्य बन्ने भएका छन् ।
फोरमका तत्कालीन अध्यक्ष गच्छदार केन्द्रीय समितिमा मनोनित भइसकेका छन् भने अब ११ जना केन्द्रीय सदस्य बन्ने मौका पाउने छन् ।
शुक्रवार साँझ बसेको बैठकले १२ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले लोकान्तरलाई जानकारी दिए ।
क्रियाशील सदस्यताको आधारमा जिल्ला समिति र गाउँपालिका तथा नगरपालिकाका समितिमा समायोजन भएर आएकाले हिस्सा पाउने छन् ।