२९ जेठ २०८३, शुक्रबार

लसुन, प्याज काँचै खाएको राम्रो, यी हुन् स्वस्थ्य रहने पाँच टिप्स

असोज १०, २०७६
लसुन, प्याज काँचै खाएको राम्रो, यी हुन् स्वस्थ्य रहने पाँच टिप्स

१. बिहान उठ्नेबित्तिकै शरीर तन्काउने व्यायामहरू गर्नुहोस् । यसले रक्तसञ्चार र पाचनलाई बलियो बनाउँछ र ढाडको समस्याबाट जोगाउँछ ।

२. बिहानीको खाना नछोड्नुस् । तपाईंलाई वजन घटाउनुछ भने उपयुक्त ब्रेकफास्ट महत्वपूर्ण हुन्छ । ब्रेकफास्ट नखाने मान्छेले दिनभरिमा अरू धेरै खानेकुरा खाएर वजन बढाउँछन् । सन्तुलित ब्रेकफास्टमा ताजा फलफूल वा फलफूलको जुस, उच्च फाइबर भएको सिरियल, कम फ्याट भएको दूध वा दही र उम्लेको अण्डा पर्दछन् ।

३. धेरै मान्छेलाई राम्ररी दाँत माझ्न समेत आउँदैन । नमिलाइकन दाँत माझ्दा दाँत नमाझेसरह खराब गर्छ । धेरै मान्छेले दाँत माझ्नलाई थोरै समय दिन्छन्, फ्लस गर्दैनन् र दन्तचिकित्सककहाँ नियमित रूपमा जाँदैनन् । कलम समातेजस्तै गरी टुथब्रस समात्नुस् र कम्तीमा पनि दुई मिनेट ब्रस गर्नुस् । दाँत माझ्दा दाँत र गिजा, जिब्रो र च्यापुलाई समेत माझ्नुस् । नरम टुथब्रसले दाँत माझ्नुस् र प्रत्येक महिना टुथब्रस बदल्नुस् ।

४. लसुन र प्याजमा स्वास्थ्यलाई राम्रो गर्ने सबै तत्व विद्यमान हुन्छन् । बालबालिकालाई हुने धेरै संक्रमणलाई काँचो लसुनको सेवनले रोक्छ । लसुन, प्याज काँचै खाएको राम्रो, अनि प्याजलाई फलफूलको जुससँग लिए हुन्छ ।
 
५. दूध वा दही खाएर वा चक्की खाएर भएपनि दिनदिनै क्याल्सियम शरीरलाई दिलाउनुस् । ती वर्षको भएपछि तपाईंको हाडको घनत्व घट्दै जान्छ । हड्डी जोगाउन तपाईंले कम्तीमा पनि २०० मिलिग्राम क्याल्सियम लिनैपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्