१३ असार २०८३, शनिबार

'नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त'

'नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त'
फाइल तस्वीर

काठमाडौं–अन्तराष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)ले नेपाललाई उपलब्ध गराएको स्टलमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरूका लागि अनुपयुक्त हुने देखिएको छ । 

नेपालमा अहिले ६ सय मेगाहर्ज स्याटेलाइट ब्याण्डविध खपत भैरहेको अनुमान  छ ।  तीमध्ये करिब ५ सय मेगाहर्ज ब्याण्ड डिसहोमले खपत गर्छ ।

डिसहोमले नेपालले राख्न लागेको स्याटेलाइट आफ्ना लागि अनुपयुक्त हुने जनाएको छ ।

‘सरकारले स्याटेलाइट राखे हामी त्यसलाई प्रयोग गर्छौ’ डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने, ‘तर सरकारले १२३.३ पूर्व देशान्तरमा राख्न लागेको स्याटेलाइट हाम्रा लागि प्राविधिक रूपमा उपयुक्त हुन्न । यसबारे मन्त्रालयलाई जानकारी गराइसकेका छौं । प्राविधिक विषयहरू प्रस्ट पार्न अनुरोध गरेका छौं ।’ कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्