
धादिङ–नागढुंगा-नौबिसे जामका कारण शुक्रबार बिरामी बोकेर काठमाडौं हिँडेका एम्बुलेन्स चितवनतिर लागेका छन् ।
गोरखा बारपाक सुलिकोट-७ का ६० वर्षीय अम्बरबहादुर भट्ट गोरु चराउन जाँदा भीरबाट लडेर गम्भीर घाइते भए ।
एम्बुलेन्समै मुग्लिङ ल्याइएका अम्बरलाई काठमाडौं लैजान सवारी जाम छिचोल्न सक्ने अवस्था नदेखेपछि चितवन लगिएको छ । धादिङ, गोरखा, लमजुङ आदि स्थानबाट आएका एम्बुलेन्स पनि चितवनको भरतपुर लागेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।