०६ असार २०८३, शनिबार

एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित

एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित

काठमाडौं – काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ ।

असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै शनिवार पुनः परीक्षाफल प्रकाशित गरेको हो । 

पहिलो नजिताबाट २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ । 

विश्वविद्यालयका स्कूल अफ मेडिकल साइसेन्सका डीन प्रा. रोजेन्द्र कोजुले पहिलोपटक प्रकाशित नतिजामा प्राविधिक त्रुटि भेटिएकाले दोस्रो नतिजा प्रकाशित गरिएको बताए । विश्वविद्यालयले पुनः प्रकाशित नतिजामा चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्नसक्ने व्यवस्था मिलाएको जाएको छ ।

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले  चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा गत असोज ६ गते सार्वजनिक गरेका थिए । चिकित्सा शिक्षातर्फ एमबीबीएसका लागि २ विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा ८ हजार ७५६ विद्यार्थी उत्तीर्ण भएका थिए ।

त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थानले असोज ३ गते शुक्रबार र काठमाडौं विश्वविद्यालयले असोज ४ गते शनिबार परीक्षा सञ्चालन गरेका थिए । त्रिविअन्तर्गतका कजेजमा ४ हजार २६९ र काठमाडौं विश्वविद्यालयअन्तर्गत ४ हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए ।

ती दुवै विश्वविद्यालयका न्यूनतम उत्तीर्णांक प्रतिशत ५० रहेको थियो । ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबिबिएस तहको अध्ययन अध्यापन हुने गर्दछ । 

मन्त्रिपरिषद्को २०७५ असोज २८ गते बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबिएस र बिडिएसको शुल्क निर्धारण गरेको थियो । एमबिबिएसका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार रुपैयाँ तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ र बीडीएस कार्यक्रमका लागि १९ लाख ३२ हजार ६१२ रुपैयाँ शुल्क रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्