
चितवन – ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको छ ।
एक कार्यक्रम चलाउन जाँदै गर्दा उनीमाथि शनिवार कुटपिट भएको हो ।
दिउँसो पौने तीन बजे चितवनको ग्लोबल होटलबाट निस्कने क्रममा शाहीमाथि आक्रमण भएको प्रहरी स्राेतले जनाएकाे छ ।
पाँच/छ जनाको संख्यामा आएको युवाको समूहले शाहीमाथि आक्रमण गर्दा उनी घाइते भएको प्रहरी स्रोतले जनाएकाे छ । प्रहरीका अनुसार उनको अहिले अस्पतालमा उपचार भैरहेकाे छ ।
शाहीले आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ता दाबी गर्दे आइरहेका छन् ।