
काठमाडौं, २० चैत– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशनको तयारी गरेको छ । आयोगले आजै अन्तिम सूची प्रकाशन गर्ने जनाएको छ ।
आयोगले तयार पारेको सूचीअनुसार स्थानीय निकाय निर्वाचनमा १ करोड ४० लाख ४४ हजार मतदाताले आफूले चाहेका प्रतिनिधिलाई मतदान गर्न पाउने छन् ।
जिल्लाहरुबाट आएको नामावलीलाई आयोगले अन्तिम रुप दिएको हो ।