०३ असार २०८३, बुधबार

कार्यविभाजन नमिल्दा रोकियो एकता प्रक्रिया

कार्यविभाजन नमिल्दा रोकियो एकता प्रक्रिया

काठमाडौं - सत्तारूढ नेकपामा दुई अध्यक्षबीच कार्यविभाजनबारे कुरा नमिल्दा एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो समय दिनहुँजसो एक्लाएक्लै छलफल भइरहे पनि जिम्मेवारी बाँडफाँटबारे कुरा मिल्न सकेको छैन । ओली र दाहालले शुक्रबार बिहानसमेत छलफल गरेका थिए । प्रधानमन्त्री ओली स्वास्थ्योपचार गराउन दोस्रो पटक सिंगापुर जानुअघि पार्टी एकीकरणका धेरै काम सकिएका थिए ।

‘त्यसरी एकीकरणका काम धमाधम टुंगिनुको कारण अध्यक्षहरूबीच भएको मौखिक समझदारी हो । त्यसलाई पालना गर्न पछिल्लो समय प्रधानमन्त्रीले आनाकानी गरिरहनुभएको छ,’ दाहाल निकट स्रोतले  भन्यो ।
स्रोतका अनुसार दसैंअघि नै पार्टी एकताका सबै काम सक्ने र त्यसपछि दाहाललाई कार्यकारी अध्यक्ष बनाउने गरी विधान संशोधनको प्रस्ताव स्थायी समिति बैठकमा लैजाने सहमति दुई अध्यक्षबीच भएको थियो । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्