१९ असार २०८३, शुक्रबार

चीनको जियांग्सुमा बस र ट्रक ठोकिए, ३६ जनाको मृत्यु

चीनको जियांग्सुमा बस र ट्रक ठोकिए, ३६ जनाको मृत्यु

काठमाडौं – चीनमा आइतवार जियांग्सुमा बस र ट्रक ठोकिँदा ३६ जनाको मृत्यु भएको छ । 

स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै लेखेअनुसार, बसमा कुल ६९ यात्री थिए । आरम्भिक जाँचमा थाहा भएअनुसार बस जियांग्सुको एक्सप्रेसवेमा निकै तीव्र गतिमा गुडिरहेको थियो । त्यसक्रममा उसको टायर पंक्चर भयो अनि बस अनियन्त्रित भएर अगाडिबाट आएको ट्रकमा ठोकियो । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

चीनमा सडक दुर्घटनामा परी धेरै मानिसको ज्यान जाने गरेको छ । तीमध्ये ९० प्रतिशत दुर्घटना ट्राफिक नियम उल्लंघनका कारण भएका हुन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्