०५ असार २०८३, शुक्रबार

महिलाले मनाए सहकारी दिवश

कात्तिक २०, २०७४
महिलाले मनाए सहकारी दिवश
मुगु –जिल्लामा महिलाहरुले ६० औ सहकारी दिवश गमगढी बजारमा भब्य रुपले मनाएका छन । छाँयानाथ बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा सहकारी दिवश मनाउन बिभिन्न गाउ बस्ती बाट लघु बित्त समुहका २ हजार बढी महिला दिवशमा सहभागी भएका थिए ।

नेपालमा सहकारीको शुरुवात भएको ६० बर्ष पुगेपनि विकट हिमाली जिल्ला मुगुमा भने गत बर्ष ५९ औ सहकारी दिवशबाट दिवश मनाउन शुरु गरिएको हो । ६० औ सहकारी दिवशको अवशरमा नारा लगाउदै महिलाहरुले बजार परिक्रमा गरेका थिए ।

मुगु जिल्लालाई कार्यक्षेत्र बनाएर सहकारी डिभिजन कार्यालय जुम्लामा सय बढी विभिन्न विषयका सहकारी सस्थाहरु दर्ता भएपनि कसैले जिल्लामा वित्तिय साक्षरता दिने काम गरेका थिएनन । तर २०७१ सालमा मुगु उद्योग बाणिण्य संघको सहजजिकरणमा स्थापना भएको छाँयानाथ सहकारीले गत बर्षबाट सहकारी दिवश मनाउन शुरु गरेर वितिय साक्षरता र सदस्य केन्द्रित सेवा दिन शुरु गरेको छ ।

५९ औ सहकारी दिवशमा वित्तिय साक्षरताका लागी अन्तर समुह देउडा प्रतियोगिता गरेर मनाएको सहकारीले ६० औ दिवशमा गत १३ देखि १६ गतेसम्म जिल्लामा पहिलो वृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो सो शिविर ४ हजार बढी सदस्यहरुको स्वास्थ्य चेकजाँच र १२ जनाको सल्यक्रिया गरिएको थियो । उक्त

शिविरलाई सगरमाथा हेल्थ फाउण्डेसन र हेल्थ केयर अमेरिका नेपालको प्राविधिक सहयोगमा थियो ।
संयुक्त राष्ट संघले दिगो विकास लक्ष्य २०३० लाई सफल बनाउन राष्टिय सहकारी संघले ६० औ सहकारी दिवशको नारा दिगो विकास लक्ष्य प्राप्तिका लागी सहकारी भन्ने नारा तय गरेको थियो ।

सोही नारालाई आधार मान्दै आज मुगु जिल्ला सदरमुकाम गमगढीमा ६० औ सहकारी दिवश मनाईएको हो ।
कार्यक्रम मुगु जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले गर्नु भएको थियो । जब सम्म महिला सबल,सक्षम र आत्मनिर्भर हुदैनन तब सम्म दिगो विकासको सपना पुरा नहुने भएकाले त्यो लक्ष्य प्राप्ती गर्न सहकारीबाट सम्भव भएको अध्यक्ष मल्लले बताउनु भयो ।

जिल्ला मै पहिलो चोटी गत बर्षबाट छायाँनाथ सहकारीले लघुवित्त कार्यक्रम शुरु गरेर ७ हजार महिला सदस्य बनाएको छ भने जिल्ला बैकिङ्ग सेवा तथा वित्तिय साक्षरता नभएका विकड बस्तिहरुमा पनि सेवा प्रवाह गरिरहेको छ ।

सहकारीले सदस्य केन्द्रित सेवामा लघुविमा,प्रसुती भत्ता,क्रिया खर्च,रेमिटान्स,व्याज,स्वास्थ्य शिविर सेवा, स्वास्थ्य सामग्री वितरण जस्ता सेवा दिदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्