०४ साउन २०८३, सोमबार

वर्तमान सरकार जनताले निर्माण गरेको हो : पूर्वसभामुख नेम्वाङ

वर्तमान सरकार जनताले निर्माण गरेको हो : पूर्वसभामुख नेम्वाङ
फाइल तस्वीर

इलाम–पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् ।

उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए। 
 
सोमवार यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला संशोधन गर्न सकिने बताए।

वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उनको भनाइ थियो । ठूलो प्रयास र लामो सङ्घर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेम्वाङले बताए। 

जिल्लामा विद्युत् र यातायातको सुविधा पुर्‍याउन आफू प्रयत्नशील रहेको उनले बताए। 'विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन', उनले भने, 'अहिले कति विकास भएको छ आफैं देख्न सकिन्छ ।'

 जिल्लका सबै घरमा विद्युत् पुर्‍याउन आफू प्रयत्नरत रहेको उनको भनाइ थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्