२८ जेठ २०८३, बिहीबार

एनआइसी एशिया बैंकको चार शाखा तथा एक शाखारहित सेवा सञ्चालनमा

एनआइसी एशिया बैंकको चार शाखा तथा एक शाखारहित सेवा सञ्चालनमा
फाइल तस्वीर

काठमाडौं –एनआइसी एशिया बैंकको चार नयाँ शाखा र एक शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएको छ । ती शाखाहरू आइतवारदेखि सञ्चालनमा आएको बैंकले जनाएको हो । 

बैंकका अनुसार, रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं ६ पूर्व रुकुमस्थित रुकुमकोट शाखाकोे  उद्घाटन सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले गरेका थिए । 

त्यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नं १८ स्थित चनौली शाखाको उद्घाटन बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख विश्व पौड्यालले गरेका थिए । 

चितवनकै राप्ती नगरपालिका वडा नं ५ स्थित भण्डारा शाखाको समुद्घाटन राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागार्इँले गरेका थिए । साथै काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नं ९ काँडाघारीस्थित काँडाघारी शाखाको उद्घाटन बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख वन्दना पोखरेलले गरेकी थिइन् । 

यसैगरी झापा जिल्लाको कचनकवल गाउँपालिका वडा नं. ३ को पथरिया नयाँबजारमा बैंकको ४२औंं शाखारहित बैंकिङ्ग सेवा आइतवारदेखि संचालनमा आएको छ । 

बैंकले संचालनमा ल्याएको पथरिया नयाँबजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कचनकवल शाखाका शाखा प्रबन्धक प्रविण खड्काले गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्