२६ असार २०८३, शुक्रबार

चीनले राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा बाँड्यो ६ लाख टेलिभिजन

चीनले राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा बाँड्यो ६ लाख टेलिभिजन

काठमाडौं – चीनले मंगलवार राष्ट्रिय दिवसको उपलक्ष्यमा गर्न लागेको सैन्य परेड जनताले हेरून् भनी ६ लाख २० हजारभन्दा बढी टेलिभिजनहरू बाँडेको छ । 

चिनियाँ कम्युनिस्ट पार्टीले मंगलवार शासनसत्ता सम्हालेको ७० वर्ष पुगेको अवसरमा संसारको अत्याधुनिक क्षेप्यास्त्र, ड्रोन तथा अन्य हतियार देखाउँदैछ । 

सबैले त्यो परेड हेरून् भनेर चिनियाँ अधिकारीहरूले ३२ इन्चको एलसीडी टीभी बाँडेका छन् । उक्त टीभी चीनमै बनेको हो । 

चिनियाँ राष्ट्रपति शी चिनफिङलाई सैन्य परेड असाध्यै मन पर्छ र परेडमा देखिन पनि रहर लाग्छ । सन् २०१७ मा उनले इन्नर मंगोलियामा एउटा परेडको निरीक्षण गरेका थिए अनि गत वर्ष दक्षिण चीन सागरमा देशको सबभन्दा ठूलो जलसेना शक्तिप्रदर्शनमा पनि उनी सहभागी थिए । 

चिनियाँ मुख्यभूमिमा शीले मंगलवारको परेड निरीक्षण गरेको धेरैले हेर्नै पर्ने भएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्