२८ असार २०८३, आइतबार

बुटवलमा खुल्यो ट्रमा सेन्टर

असोज १३, २०७६
बुटवलमा खुल्यो ट्रमा सेन्टर

बुटवल – ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा प्रदेशकै पहिलो ट्रमा अस्पतालको रुपमा तिनाउ इन्टरनेसनल हस्पिटल प्रालिले सेवा शुरू गरेको छ ।

बुटवल सुख्खानगरमा आफ्नै भवनमा अस्पतालले सोमवारदेखि प्रारम्भिक सेवा शुरू गरेको हो ।

अस्पतालको यही असोजको अन्तिम साता औपचारिक उद्घाटन गर्ने तयारी गरिएको अस्पतालका अध्यक्ष करुण खनालले जानकारी गराए ।

विभिन्न पेशा व्यवसायमा रहेका युवाको १६ करोड लगानीमा अस्पताल सेवा शुरू गरिएको उनले जानकारी गराए । यस क्षेत्रमा न्यूरो र ट्रमाको स्तरीय सेवा नभएकाले र यहाँका जनताको आधारभूत आवश्यकता पूरा गर्नका लागि न्यूरो र ट्रमालाई लक्षित गरेर विशेषज्ञ सेवा शुरू गरिएको हो ।

‘बुटवल तथा आसपासका जनता सामान्य उपचारका लागि पनि काठमाडौं वा विदेश जानुपर्ने बाध्यता रहेको र घरआँगनमै सेवा दिन सकियो भने छिटोछरितो स्वास्थ्य सेवा र बाहिर लैजाँदा हुने फजुल खर्च समेत रोक्न सकिने भएकाले यहीँका जनताको सेवाका लागि अस्पताल सञ्चालन गरिएको हो,’ अध्यक्ष खनालले भने ।

विशेषज्ञ सेवा प्रदान गर्ने गरी सञ्चालनको तयारी गरिएको अस्पतालमा हाडजोर्नी तथा ट्रमा, नशा तथा स्पाईनल सर्जरी, न्यूरो सर्जरी, स्त्रीरोग तथा प्रसूति, जनरल तथा न्यूरो सर्जरी, नाक, कान, घाँटी, म्याक्सीयोफेसियल सर्जरी, बालरोग तथा फिजियोथेरापी सेवा प्रदान गरिने उनले बताए ।

अस्पतालले इमर्जेन्सी सेवा, आईसीयू, प्रसूती, फार्मेसी, एम्बुलेन्स लगायतका सेवा २४ सैं घण्टा प्रदान गर्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्