१३ असार २०८३, शनिबार

बस दुर्घटनामा २ जनाको मृत्यु

बस दुर्घटनामा २ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

रोल्पा – सुलिचौर बजारमा बस दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ ।

सुलिचौरबाट सिर्पतर्फ जाँदै गरेको आशिर्वाद सेवा प्रालिको बस सोमवार दुर्घटना भएको हो ।

सुनीलस्मृति गाउँपालिका–३ रुइनिवाङमा रहेको जीप पार्कबाट २ सय मिटर तल लुंग्री खोलामा खसेको स्थानीयवासी अमृतबहादुर घर्तीले जानकारी दिए ।

दुर्घटनामा चालक लुंग्री गाउँपालिका–३ सीमगिठेका यामबहादुर घर्ती मगर र वडा नम्बर २ सिर्पका सूर्यलाल घर्तीकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्