
काठमाडौं, २० चैत –निर्वाचन आयोग घेराउका क्रममा प्रहरी नियन्त्रणमा परेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले रिहा हुन अस्विकार गरेका छन्।
आफ्नो पार्टीले चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै आइतवार निर्वाचन आयोग घेराउ गर्न पुगेका भट्टराईलाई प्रहरीले साँझ रिहा गरे पनि अस्विकार गरेका हुन् ।
संयोजक भट्टराईले आफ्नो पार्टीेले चुनाव चिन्ह नपाएसम्म रिहा आफू रिहा नहुने बताएका हुन् ।
भट्टराईलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।