
काठमाडौं – राजमार्गलाई सहज बनाउन प्रहरीको अप्रेसन टोली खटिएका छन् ।
नौबिसे– नागढुंगा सडक खण्डमा सवारी जाम नियन्त्रण गरी सुरक्षित र सहज यात्रा बनाउन जिल्ला प्रहरीले राजमार्ग अप्रेसन टोली परिचालन गरिएको हो ।
जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको टोलीमा प्रहरीमा नायव उपरीक्षक रुपक खड्का, गजुरी प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्का, गजुरीस्थित जिल्ला ट्राफिक इन्चार्ज प्रहरी निरीक्षक नेत्रप्रसाद भट्ट र खानीखोला प्रहरी निरीक्षक रुकबहादुर खड्का छन् ।
जिल्ला प्रहरीले यात्रामा कुनै पनि असहज महसुस भए वा अकारण सवारी जाम भए तत्काल प्रहरीलाई खबर गर्न यात्रुहरूलाई आग्रह गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।