
काठमाडौं– संघीय संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जवरजस्तीकरणी गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न लगाउने निष्कर्षमा नेकपाका नेताहरू पुगेका छन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आरोप लागेका महरासँग कुराकानी गरेपछि महराबाट गल्ती भएको निष्कर्षमा नेताहरू पुगेका हुन् ।
‘ओली र प्रचण्डले कुरा गरेपछि महराबाट गल्ती भएको निष्कर्षमा नेताहरू पुग्नुभएको छ, सचिवालयको बैठक बसेर राजीनामा गर्न सुझाव दिने कुरा भएको छ,’ नेकपा सचिवालयका एक सदस्यले लोकान्तरसँग भने ।
जवरजस्तीकरणी गरेको आरोप लागेपछि महरामाथि राजीनामाको दबाब बढेको छ ।
महराको सचिवालयले विज्ञप्ति प्रकाशित गरेर घटना लुकाउन खोजेपनि नेकपा नेतृत्वले महराबाट गम्भीर गल्ती भएको निष्कर्ष निकालेको हो ।