२३ जेठ २०८३, शनिबार

डोजर पल्टिँदा १ जनाको मृत्यु

डोजर पल्टिँदा १ जनाको मृत्यु

मान्म – जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा मंगलवार बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।  

कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए ।

‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो,’ उनले भने, ‘अहिले जिल्ला अस्पताल कालीकोटमा शव परीक्षणको लागि लगिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्