०२ असार २०८३, मंगलबार

चीनको यस मिसाइलले आधा घन्टामा अमेरिकामा मच्चाउन सक्छ विनाश

चीनको यस मिसाइलले आधा घन्टामा अमेरिकामा मच्चाउन सक्छ विनाश

काठमाडौं – चीनले मंगलवार संसारको सबभन्दा शक्तिशाली मानिने क्षेप्यास्त्र डीएफ–४१ प्रक्षेपण गरेको छ । 

यस अन्तर्महादेशीय क्षेप्यास्त्रको रेन्ज १५ हजार किलोमिटर हो र अहिले उपलब्ध क्षेप्यास्त्रहरूमा सबभन्दा टाढा हो । यसले जम्मा ३० मिनेटमा अमेरिकालाई निशाना बनाउन सक्छ । 

सेन्टर फर स्ट्राटेजिक यान्ड इन्टरनेसनल स्टडीजको मिसाइल डिफेन्स प्रोजेक्टका अनुसार, यस आणविक क्षेप्यास्त्रमार्फत एकैचोटिमा १० फरक फरक ठाउँलाई तारो बनाउन सकिनेछ । 

चीनमा कम्युनिस्ट शासनको ७०औं वर्षगाँठको अवसरमा आयोजित सैन्य परेडमा यसलाई पेश गरिएको हो । त्यसै कार्यक्रममा नयाँ अन्य सैन्य उपकरण पनि पेश गरिएको थियो । 

त्यहाँ चीनले पारम्परिक ड्रोनब बाहेक पानीभित्र काम गर्ने वाहन र एकदमै तीव्र गतिको ड्रोन डीआर–८ पनि देखायो । यो ड्रोन ध्वनिभन्दा पाँच गुणा छिटो उड्न सक्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्