२३ असार २०८३, मंगलबार

देउवालाई तनाव, अदालतको अपहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा

कात्तिक २०, २०७४
देउवालाई तनाव, अदालतको अपहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा

काठमाडौँ, २० चैत - अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध रिट निवेदन दर्ता गरिएको छ ।Sher-Bahadur-Deuba

अधिवक्ता हरिप्रसाद मैनालीले आज काँग्रेस सभापति देउवा र नेपाली काँग्रेस केन्द्रीय समितिलाई विपक्ष बनाई सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

सभापति देउवा र केन्द्रीय समितिलाई अदालतको अपहेलना गरेको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै उनले निवेदन दर्ता गराएका हुन् ।

उनले सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकबारेको फैसलाउपर काँग्रेस केन्द्रीय समितिले अदालतले सरकारको काममा हस्तक्षेप गरेको भन्ने निर्णयले अदालतको अपहेलना गरेकाले निवेदन दर्ता गराएको जानकारी गराए ।

केही दिनअघि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले प्रहरी महानिरीक्षक पदको नियुक्तिको सम्बन्धमा अदालतले हस्तक्षेप गरेको भन्ने निर्णय गरेको थियो ।
देउवाकै जोडबलमा आइजीपी नियुक्ति  वरिष्ठलाई मिचेर जयबहादुर चन्दलाई गरिएपछि यो प्रकरण अदालतसम्म पुगेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्