१९ असार २०८३, शुक्रबार

गान्धी जयन्तीमा जम्मु कश्मीरका नेताहरूको नजरबन्द हटाइयो

गान्धी जयन्तीमा जम्मु कश्मीरका नेताहरूको नजरबन्द हटाइयो

काठमाडौं – भारतमा महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा जम्मु तथा कश्मीर प्रशासनले केही नेताहरूमाथिको नजरबन्द हटाएको छ । 

धारा ३७० हटाइएपछि स्थानीय प्रहरीले जम्मुका केही नेताहरूलाई नजरबन्द गरेको थियो । पूर्वमन्त्री तथा डोगरा स्वाभिमान संगठन पार्टीका अध्यक्ष चौधरी लाल सिंहलाई पनि नजरबन्द गरिएको थियो ।

नेसनल कन्फरेन्स, कांग्रेस र प्यान्थर्स पार्टीका नेताहरूमाथिको नजरबन्द हटाइएको हो । 

जम्मुको मात्र नभई कश्मीरका नेताहरूलाई पनि नजरबन्द गरिएको थियो । पूर्व मुख्यमन्त्री महबूबा मुफ्ती र उमर अब्दुल्ला अहिले पनि नजरबन्दमै छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्