२३ जेठ २०८३, शनिबार

निषेधित क्षेत्र तोकिए, कहाँ- कहाँ विरोध कार्यक्रम गर्न नपाइने ?

कात्तिक २०, २०७४
निषेधित क्षेत्र तोकिए, कहाँ- कहाँ विरोध कार्यक्रम गर्न नपाइने ?


काठमाडौँ, २० चैत - जिल्ला प्रशासन कार्यालय, काठमाडौँले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै विभिन्न छ स्थानमा प्रदर्शन र विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ ।

जिप्रकाले आज सूचना जारी गर्दै शीतलनिवास, महाराजगञ्ज, प्रधानमन्त्री निवास, बालुवाटार, संसद् भवन नयाँबानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवास लैनचौर, निर्वाचन आयोग बहादुरभवन वरपरका क्षेत्रमा निषेधित क्षेत्र तोकेको हो ।

जिल्ला सुरक्षा समितिको पुस २० र चैत ९ गतेको सिफारिस तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीबाट कुनै किसिमको जुलुस, प्रदर्शन, धर्ना, घेराउजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिएको सूचनामा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्