०६ असार २०८३, शनिबार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं –काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ७० वर्षीया रुकु कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए।

उक्त दुर्घटनाको बसका चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

यता काठमाडौँ, चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित सडकमा बा३ख ३८१७ नम्बरको टिपरले बा२६प ४९०३ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा गम्भीर घाइते भएका चितवन रत्ननगरका सुनिल अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनको वीरअस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ललितपुर इमाडोलका टीकाबहादुर बानियाँको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्