१३ असार २०८३, शनिबार

कुन जिल्लामा कति मतदाता ? हेर्नुहोस्, निर्वाचन आयोगले सार्वजनिक गरेको सूचि

कात्तिक २०, २०७४
कुन जिल्लामा कति मतदाता ? हेर्नुहोस्,  निर्वाचन आयोगले सार्वजनिक गरेको  सूचि
काठमाडौं, २१  चैत– निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा करोड ४० लाख ५४ हजार ४८२ मतदाता सहभागि हुने जनाएको छ ।election-press-meet
विसं २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई आयोगले मतदाताका रुपमा मान्यता प्रदान गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगकाअनुसार कुल मतदातामध्ये पुरुषको सङ्ख्या ७० लाख ६९ हजार ७१४ र महिला मतदाताको सङ्ख्या ६९ लाख ८४ हजार ६२५ रहेका छन् । त्यस्तै १४३ जना तेस्रोलिङ्गी मतदाता सङ्ख्या कायम रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार ८७० रहेका छन् भने मनाङमा सबैभन्दा थोरै पाँच हजार ९५ मात्र मतदाता कायम रहेका छन् ।

२०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र २०७३ फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गराएका मतदाताले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानूनी व्यवस्था छ ।
अब मतदाताको नामावली कुनै पनि ठाउँमा ठाउँ सारी नहुने तथा नाम दर्ता नगरिने आयोगले यस अघि निर्णय गरिसकेको  छ ।

कुन जिल्लामा कति मतदाता ?
voter list (1)voter list (2)voter list (3)voter list (4)voter list (5)

salt training

कमेन्ट गर्नुहोस्