१९ असार २०८३, शुक्रबार

भारत र पाकिस्तानबीच आणविक युद्ध भएमा १० करोड मानिसको मृत्यु हुन सक्ने : अमेरिकी अनुसन्धान

भारत र पाकिस्तानबीच आणविक युद्ध भएमा १० करोड मानिसको मृत्यु हुन सक्ने : अमेरिकी अनुसन्धान

काठमाडौं – भारत र पाकिस्तानबीच लगातार तनावको स्थिति रहँदा एक अमेरिकी अनुसन्धानले निकै डरलाग्दो चित्र प्रस्तुत गरेको छ । अनुसन्धानका अनुसार, दुई देशबीच आणविक युद्ध भएमा १० करोडभन्दा बढी मानिस मारिने आशंका छ । अनि यसले संसारभरि भोकमरी पनि हुनेछ । 

भारतले जम्मु–कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० हटाइएपछि पाकिस्तानले संसारका मुलुकलाई यसको विरोध गर्न अनुरोध गरेको भए पनि कसैले टेरेन । त्यसपछि पाकिस्तानले आणविक युद्ध हुन सक्ने चेतावनी दिँदै आएको छ । 

अमेरिकाको रटगर्स युनिभर्सिटीका अध्येता एलन रोबकका अनुसार, आणविक युद्ध भएमा कुनै विशेष स्थानमा मात्र सीमित हुने छैन । संसारको जुनसुकै ठाउँमा आणविक बम हान्न सकिन्छ । सन् २०२५ मा भारत र पाकिस्तानबीच युद्ध हुन सक्छ । 

दुवै देशले कश्मीर मुद्दामा धेरैपटक भिडन्त गरिसकेका छन् । सन् २०२५ सम्म भारत र पाकिस्तानसँग संयुक्त रूपमा ४०० देखि ५०० आणविक हतियार हुनेछन् । 

अनुसन्धानकर्ताहरूका अनुसार, आणविक हतियारबाट १६ देखि ३६ सय करोड किलो कार्बनमिश्रित धूवाँ वायुमण्डलमा फैलिनेछ । केही हप्तामा नै त्यो धूवाँ संसारभरि फैलिन्छ । यसले हावाको तापक्रम बढाउनेछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्