०८ साउन २०८३, शुक्रबार

चाडपर्वले नेपालीलाई एकतामा बाँधेको छ : अध्यक्ष केसी

चाडपर्वले नेपालीलाई एकतामा बाँधेको छ : अध्यक्ष केसी
फाइल तस्वीर

गलकोट- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाडपर्वले नेपालीलाई एकतामा बाँधेको बताएका छन् । 

नेपालीको महान् चाड विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल संवत् ११४० का उपलक्ष्यमा बागलुङ नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाली विचारले अलग अलग भए पनि धर्मका कारण एकताबद्ध बनाएको उल्लेख गरे ।

उनले धर्मका नाममा विश्वमा ठूला युद्ध भए पनि नेपालमा त्यस्तो कहिलै नभएको भन्दै नेपालीको महान् पर्वले सबैलाई समृद्धिको बाटोमा लैजाने बताए । 'कहिलेकाहीँ नेपाली लोभ, मोहका कारण चिप्लिएका छन्,' नेता केसीले भने, 'अन्तमा धर्मका कारणले गर्दा फुट हुन सक्दैनन्, त्यहीँ नै नेपालीको मुख्य विशेषता हो ।' 

उनले भूमिगत समयको दशैंलाई स्मरणसमेत गरे । उनले विजया दशमी नेपालीको मेलमिलापको चाड भएको हुँदा यसको महत्त्व अझैसम्म कायम रहेको उल्लेख गर्दै संसारको अगाडि हामी सबै नेपाली मिलेर जानुको विकल्प नभएको बताए । 

'साना कुरामा नेपालीहरू झगडा गर्छन् तर धर्मका नाममा झगडा भएको सुनिँदैन, यो नै विश्वका लागि सकारात्मक सन्देश हो,' पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्