२६ असार २०८३, शुक्रबार

एकल पुरुषले पनि मासिक भत्ता पाउने

एकल पुरुषले पनि मासिक भत्ता पाउने
प्रतिकात्मक तस्वीर

चौतारा – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक ५०० रुपैयाँका दरले भत्ता पाउने भएका छन् ।

गाउँपालिकाले कार्यविधि बनाइसकेकाले चालू आर्थिक वर्षको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो । 

गाउँपालिकाभित्र करीब ३५० एकल पुरुष भएको अनुमान गरिएको हँुदा नाम संकलन गरेर यकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । 

महिला र पुरुष समान भनिँदै आएका सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले २० लाख रुपैयाँ बजेट पारित गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्