१३ असार २०८३, शनिबार

मान्छे मारेर मुटु झिकी कुकुरलाई खुवाउने जोडीलाई ६५४ वर्षको कारावास सजाय

मान्छे मारेर मुटु झिकी कुकुरलाई खुवाउने जोडीलाई ६५४ वर्षको कारावास सजाय

काठमाडौं – मेक्सिकोको इकाटेपेकमा २० जना व्यक्तिलाई मारेर तिनको मुटु कुकुरहरूलाई खुवाउने एक व्यक्तिलाई ३२७ वर्षको कारावास सजाय दिइएको छ । 

हुआँ कार्लोस हर्नान्डेज र उनकी प्रेमिका पेट्रिसिया मार्टिनेज बेर्नाललाई इकाटेपेका राक्षस भन्ने गरिएको थियो । बेर्नालले पनि ३२७ वर्षको कारावास सजाय पाएकी छन् । 

नाम नखुलेकी एक महिलाको हत्या सन् २०१८ को मार्च महिनामा गरेको पत्ता लागेपछि यस जोडीले थप ४० वर्षको सजाय पाएको थियो । 

जोडीलाई सन् २०१८ को अक्टोबर महिनामा पक्राउ गरिएको थियो । उनीहरूले सडकमा बच्चाको कोक्रोमा मानव अंगहरू बोकेर हिँडिरहेको बेलामा पक्राउ गरिएको थियो । 

उनीहरूको घरको खानतलासी गर्दा प्रहरीले अनेकौं महिलाको लाश टुक्राटुक्रा पारेर राखिएको भेटेको थियो । 

बेर्नालले महिलाहरूलाई सामान किन्नका लागि फकाएर घर लग्ने गरेको अनि हर्नान्डेजले उनीहरूलाई मार्ने गरेको खुलेको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्