२४ जेठ २०८३, आइतबार

बिजुलीको बिल नतिरे लाइन काट्ने विद्युत प्राधिकरण पानीको बिल तिर्दैन

कात्तिक २०, २०७४
 बिजुलीको बिल नतिरे लाइन काट्ने विद्युत प्राधिकरण पानीको बिल तिर्दैन

काठमाडौं, २१ चैत– 
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को झण्डै डेढ अर्ब रुपैयाँ महशुल उठ्न बाँकी छ ।

खानेपानीको प्रयोग गर्ने तर बिल नतिर्ने उपभोक्ताका कारण केयुकेएलको बक्यौता बढेको हो । केयुकेएलले २०६४ सालयता खानेपानी वितरण गरेवापतको महशुल उठाउन सकेको छैन ।

खानेपानीको प्रयोग गरे पनि बिल नतिर्नेमा सरकारी मातहतका निकाय र निजी प्रयोजनका संख्या छन् । ती संस्थाहरुबाट १ अर्ब ४३ करोड रुपैयाँ महशुल उठाउन बाँकी छ ।

खानेपानीको महशुल नतिर्ने सरकारी निकायमध्ये नेपाल विद्युत प्राधिकरण अग्र स्थानमा छ । आफ्ना ग्राहक (विद्युत उपभोक्ता)ले विजुलीको बिल नतिरे लाइन काट्दै आएको विद्युत प्राधिकरण आफैंले भने खानेपानी वापतको ५० करोड रुपैयाँ बुझाएको छैन । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

salt training

कमेन्ट गर्नुहोस्