१३ असार २०८३, शनिबार

अत्यावश्यक औषधिको औषधि मौज्दात राख्न निर्देशन

असोज १७, २०७६
अत्यावश्यक औषधिको औषधि मौज्दात राख्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले क्यान्सर रोगको उपचारका लागि अति आवश्यक औषधिको अभाव हुन नदिन विभिन्न प्रकारका औषधि मौज्दात राख्ने निर्णय गरेको छ । 

भिनक्रिस्टाइन, भिनब्लस्टाइन र सिप्प्लाटिन, एफभी नामक औषधि बजारमा  अभाव हुन नदिने र मौज्दात राख्न औषधि व्यवसायीलाई विभागले आग्रह गरेको छ । चाडपर्वका समयमा विशेष गरी क्यान्सर उपचारसम्बन्धी औषधिको बजारमा अभाव हुने गर्दछ । 

आज विभागमा औषधि आयातकर्तासित भएको छलफलमा विभागले क्यान्सर, मिर्गाैला, मुटुलगायत रोगसित सम्बन्धित औषधिको मौज्दास्थितका बारेमा विभागलाई जानकारी दिन आयातकर्तालाई निर्देशक दिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिनुभयो । अत्यावश्यक औषधिको विभागले निर्धारण गरेको  मूल्यभन्दा बढी मूल्य नलिन विभागले आयातकर्तासित आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्