१३ असार २०८३, शनिबार

दसैँको बलिमा दुई करोड खर्च

असोज १८, २०७६
दसैँको बलिमा दुई करोड खर्च
फाइल तस्वीर

काठमाडौं –  दसैँको अवसरमा विभिन्न शक्तिपीठहरूमा खसी, बोका, राँगा, कुखुरा, हाँसलगायतको बलि चढाउन करिब दुई करोड रुपैयाँ खर्चिने तयारी गरिएको छ ।

गुठी संस्थान र निवृत्तिभरण कार्यालयले पशुपक्षीको बलिका लागि मात्र करिब दुई करोड बजेट छुट्याएको हो । चाडपर्व, जात्रा, मेलाको अवसरमा शक्तिपीठमा सरकारको तर्फबाट बलि तथा पूजाआजाका लागि गुठी संस्थान र निवृत्तिभरण कार्यालयले खर्च गर्ने व्यवस्था छ । 

निवृत्तिभरण कार्यालयका प्रमुख हेमन्तराज निरौलाले यसपटक दसैँमा अष्टमी र नवमीको दिन मात्र झन्डै दुई करोडको राँगा, बोका, हाँस, कुखुरालगायतको बलि चढाइने बताए ।

उनले बलि दिन पशुपक्षी आपूर्तिका लागि टेन्डरसमेत भइसकेको जानकारी दिए । उनका अनुसार निवृत्तिभरण कार्यालयले ९१ लाख रुपैयाँको बलि दिनेछ । कौसी तोषाखानालाई प्रशासन पुनर्संरचना गर्दा सरकारले निवृत्तिभरण कार्यालय बनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्