काठमाडौं –सान्या मल्होत्रा बहुप्रतिक्षित चलचित्र शकुन्तला देवीको बायोपिकमा आफ्नो लुक्सलाई लिएर निकै नै उत्साहित छिन् ।
सान्याले सामाजिक सञ्जालमा चलचित्रमा आफ्नो फस्र्ट लुक सार्वजनिक गरेकी छिन् । चलचित्रमा उनले ह्यूमन कम्पूटरको नाममा शकुन्तला देवीकी छोरी अनुपमा बैनर्जीको भूमिका निभाएकी छिन् ।
२०२० को समर सीजनमा रीलीज हुने चलचित्रमा खिचिएको आफ्नो तस्वीर सार्वजनिक गर्दै सान्याले लेखेकी छिन्, ‘अनुपमा बेनर्जीको भूमिका निभाउन पाउँदा निकै नै उत्साहित भएकी छु, मलाई मेरो यो लुक निकै मन परेको छ ।' उनले पुस्तकको पछाडी आफ्नो मुहार लुकाएको तस्वीर समेत शेयर गरेकी छिन् ।
यस चलचित्रको शूटींग भने ७ अक्टूबरबाट लण्डनमा शुरू हुने बताइएको छ । विद्या बालन शकुन्तला देवीको भूमिकामा देखिनेछिन् । एजेन्सी