काठमाडौं – बलिउड अभिनेता टाइगर श्रौफ र ऋतिक रोशन स्टारर चलचित्र ‘वार’ बक्स अफिसमा निकै राम्रो व्यापार गर्न सफल भएको छ ।
२ अक्टूबरमा सिनेमाघरमा सार्वजनिक भएको यस चलचित्रले पहिलो दिन भारतमा मात्रै ५३ करोड ३५ लाख रुपैयाँ कमाएको छ । यसमध्ये ५१ करोड ६० लाख रुपैयाँको व्यापार चलचित्रको हिन्दी भर्सनले मात्रै कमाई गरेको छ । यससँगै चलचित्र ‘वार’ यस वर्षको सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बनेको छ ।
तुलनात्मक रुपमा यस चलचित्रले पहिलो दिन भारतमा ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । मिशन मंगलले पहिलो दिन २९ करोड १६ लाख रुपैयाँ कमाएको थियो भने साहोको हिन्दी भर्सनले पहिलो दिनमा २४ करोड ४० लाख रुपैयाँ कमाएको थियो ।
भारतमा ४ हजार सिनेमा हलबाट रिलीज भएको यस चलचित्र विदेशमा भने १ हजार ३ सय ५० सिनेमा हलबाट रिलिज भएको छ । अहिले यस चलचित्र २ सय सिनेमा हलबाट प्रदर्शन भैरहेको छ ।
पहिलो दिन यस चलचित्रले ५१ करोड ६० लाख कमाएको थियो भने दोस्रो दिन २३ करोड १० लाख कमाउन सफल भयो ।
ट्रेड एनालिस्ट तरण आदर्शले सार्वजनिक गरेको तथ्यांकअनुसार, चलचित्रको हिन्दी भर्सनले शुक्रवार २१ करोड ३० लाख रुपैयाँ र तेलुगू–तमिल भर्सनले १ करोड १५ लाख रुपैयाँ कमाई गरेको छ ।
#War#Hindi: Wed 51.60 cr, Thu 23.10 cr, Fri 21.30 cr. Total: ₹ 96 cr.#Tamil + #Telugu: Wed 1.75 cr, Thu 1.25 cr, Fri 1.15 cr. Total: ₹ 4.15 cr.
Total: ₹ 100.15 cr#India biz.
— taran adarsh (@taran_adarsh) October 5, 2019
#War continues its dream run... Day 3 [Fri] - a working day and coming after two days of big biz - shows no signs of weakening or slowing down... Now it’s up to the two days of weekend - Sat and Sun - to add to a solid *extended* weekend total.
— taran adarsh (@taran_adarsh) October 5, 2019
#War benchmarks...
⭐️ Fifth #YRF film to cross ₹ 💯 cr in 3 days, after #Dhoom3, #Sultan, #TZH and #TOH.
⭐️ #Highest grossing *first 3 days* for #HrithikRoshan, #TigerShroff and director #SiddharthAnand.#India biz.
— taran adarsh (@taran_adarsh) October 5, 2019